२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

मोसु साउदीको अध्यक्षमा तामाङ

Nada
अन्जान गुभाजु
२०८३ वैशाख १९ गते २१:३२
Shares
मोसु साउदीको अध्यक्षमा तामाङ

साउदी अरेबिया : साउदी अरेबियामा क्रियाशील मोरङ–सुनसरी सेवा समाज (मोसु) साउदी अरेबियाको चौथो साधारण सभा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । सभाले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थाको नेतृत्व नागेश सिंगार तामाङलाई सुम्पिएको छ ।

ncell

निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साउदीस्थित नेपाली दूतावासका लेबर काउन्सिलर कविराज उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा विभिन्न संघ–संस्था, भ्रातृ संगठन, बुद्धिजिवी, पत्रकार तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष तामाङले पदभार ग्रहणपछि आफ्नो धारणा राख्दै संस्थाले विगतदेखि गर्दै आएको सामाजिक सेवा तथा सहयोगका कार्यलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने बताए । विशेषगरी साउदीमा कार्यरत नेपाली श्रमिकहरू आपत–विपद्मा पर्दा उद्धार, समन्वय र सहयोगमा संस्था सक्रिय रहने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा संस्थाको स्थापना र विकासमा योगदान पु¥याउने अग्रजहरूलाई स्मरण गर्दै संस्थापक अध्यक्ष हेम सुवेदी (२०२०–२०२२), पूर्वअध्यक्ष सुजन सेर राई (२०२२–२०२४) र निवर्तमान अध्यक्ष दीपक थापा (२०२४–२०२६) लगायतलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको थियो । साथै केन्द्रका सल्लाहकार एवं गल्फ संयोजक कुमार कार्कीको योगदानको पनि प्रशंसा गरिएको थियो । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना बस्नेत पोखरेल, खेमराज कार्की र सन्तोष कार्की चयन भएका छन् । सचिवमा देवेन्द्र विश्वकर्मा तथा सहसचिवमा विष्णु पौडेल र जयन्ती लिम्बू चयन भएका छन् । कोषाध्यक्षमा मिनप्रसाद अधिकारी तथा सहकोषाध्यक्षमा राज बोगटी र शिवराज अधिकारी चयन भएका छन् ।

त्यसैगरी युवा संयोजकमा पुरण तामाङ र महिला संयोजकमा सुमिला मगर लिम्बू चयन भएका छन् भने सदस्यहरूमा अमर कार्की, फुर्ब लिम्बू, राजनप्रसाद ओझा, युवराज निरौला, नितेश कुँवर, भीमप्रसाद भण्डारी र भीम लिम्बू रहेका छन् । 

सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा दीपक थापा चयन भएका छन् भने अन्य सल्लाहकारहरूमा रविना अर्याल, राज लिम्बू, कमल महतो, रोशनकुमार श्रेष्ठ, नविन मुडभरी, राजेन्द्र लिम्बू, गोपाल बस्नेत, मनीष कोइराला, अमर श्रेष्ठ र राजकुमार राई रहेका छन् । अध्यक्ष परिषद् संयोजकमा नगेश तामाङ चयन हुँदा सदस्यहरूमा दीपक थापा, सुजनशेर राई र हेम सुवेदी रहेका छन् । नयाँ नेतृत्वसँगै मोसु साउदीले सामाजिक सेवा, श्रमिक हित र आपत्कालीन सहयोगका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

No description available.

सम्बन्धित खबर