२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

दुईदिने बिदाको असर : ओपिडीमा थेगिनसक्नु भिड, बिरामीको बिचल्ली (तस्बिरहरू)

Nada
२०८३ वैशाख २१ गते १२:२२
Shares
दुईदिने बिदाको असर : ओपिडीमा थेगिनसक्नु भिड, बिरामीको बिचल्ली (तस्बिरहरू)

काठमाडौं : सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका बहिरङ्ग (ओपिडी) लिन आउने बिरामीको चाप बढेको छ ।

ncell

पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको समाधानका लागि सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । राजधानीको विभिन्न सरकारी अस्पतालमा सीमित जनशक्ति र पूर्वाधारका बीच दैनिक हजारौं बिरामीको उपचार गर्नुपर्दा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था सिर्जना भएको चिकित्सकहरू बताउँछन् ।

राजधानीको शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायत ठुला सरकारी अस्पतालमा बिहानैदेखि लामो लाइन लाग्ने दृश्य सामान्य बनेको छ । सामान्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एउटै अस्पतालमा निर्भर रहनुपर्ने बाध्यताले सेवा लिन आउनेहरूको संख्या बढिरहेको हो ।

स्वास्थ्यकर्मीका अनुसार एक जना चिकित्सकले दैनिक १०० देखि १५० जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी हो । सामान्यतया एक चिकित्सकले गुणस्तरीय सेवा दिन दैनिक ३०–४० बिरामी जाँच गर्नु उपयुक्त मानिन्छ । तर काठमाडौंका सरकारी अस्पतालमा यो अनुपात तीनदेखि चार गुणासम्म बढी देखिएको छ ।

बिरामीको चापसँगै समय अभावका कारण चिकित्सकले प्रत्येक बिरामीलाई पर्याप्त समय दिन नसक्ने समस्या पनि बढेको छ । यसले उपचारको गुणस्तरमा समेत असर पार्ने जोखिम रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

अर्कोतर्फ, निजी अस्पतालको सेवा महँगो हुँदा गरिब तथा न्यून आय भएका नागरिकको पहुँच बाहिर परेको छ । राजधानीका धेरै निजी अस्पतालमा सामान्य जाँचमै हजारौं रुपैयाँ खर्च हुने भएकाले सर्वसाधारण बाध्य भएर सरकारी अस्पतालमै धाउनुपरेको छ ।

स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार सरकारी अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार विस्तार नगरेसम्म समस्या समाधान नहुने देखिन्छ । “बिरामीको चाप घटाउन प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई प्रभावकारी बनाउनुपर्छ,” उनले भने ।

विशेषज्ञहरूका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार र चिकित्सकको संख्या वृद्धि गरे मात्र काठमाडौंका सरकारी अस्पतालमा देखिएको अत्यधिक भिड व्यवस्थापन गर्न सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर