२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

Nada
२०८३ वैशाख २२ गते १५:४४
Shares
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

काठमाडौँ : नेपाल चिकित्सक संघको ३०औँ कार्यकारिणी समिति चयनका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा डा. बद्री रिजाल निर्वाचित भएका छन् ।

ncell

मत परिणामअनुसार रिजालले आफ्ना निकट प्रतिस्पर्धी डा. मंगल रावलभन्दा २५६ बढी मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । रिजालले ३,१९६ मत प्राप्त गर्दा रावलले २,९४० मत पाए । तेस्रो उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी विजयी भएका छन् । उनले ३,०३६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २,३०२ मत र डा. अजय कुमार मिश्रले १,४२१ मत पाएका छन् ।

महासचिव पदमा डा. विश्वराज दवाडी निर्वाचित भएका छन् । उनले २,७२२ मत ल्याउँदा डा. कालुसिंह खत्रीले २,४२३ मत र डा. अमृत भुसालले १,६४६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्ष पदमा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै डा. रोशन खड्का (कोशी), डा. अमृत राजन मिश्र (मधेश), डा. सुवास भट्टराई (बागमती), डा. योगेशराज सिग्देल (गण्डकी), डा. नन्दा गुरुङ (लुम्बिनी), डा. रविन खड्का (कर्णाली) र डा. प्रमोद जोशी (सुदूरपश्चिम) निर्वाचित भएका छन् ।

संघको सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल चयन भएका छन् । सदस्य पदमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन् ।

निर्वाचन काठमाडौँ उपत्यकाबाहिर वैशाख ४/५ गते तथा उपत्यकाभित्र वैशाख १७ र १८ गते सम्पन्न भएको थियो । कुल ७,१०० मत खसेको निर्वाचनमा यसपटक तीन वटा प्यानल-टिम बन्द्री, टिम मंगल र टिम रिफर्म-बीच प्रतिस्पर्धा भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर