
काठमाडौं : वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन् । मंगलबार डा. शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
सरकारले अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा दिएका हुन् ।
अध्यादेश अनुसार वीर अस्पतालका पदाधिकारी पदमुक्त भइसकेका छन् ।