२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

Nada
२०८३ वैशाख २३ गते १६:३६
Shares
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको हो ।

ncell

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले हत्या हुनेमा अन्दाजी २३ वर्षीय विपिन घिमिरे रहेको जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

हतियार प्रहार गर्नेको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको एसपी भट्टराईले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर