कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन नै गरेर परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल मौन रहेको संदेश दिएकी हुन् ।
ताइवानलाई लिएर विश्व नै दुई ध्रुविमा विभाजित हुन खोजिरहेका बेला नेपालले मौनता साँधेको छ । यसलाई कुटनीतिक मामलाका जानकारहरु मौन कुटनीतिको संज्ञा दिन्छन् ।
तर, नेपालले एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भने दोहोर्याएको छ । ‘चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ।’ प्रवक्ता लम्सालले भनेकी छन । उनले नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा रहेको पनि बताएकी छन् ।
यसैबीच, परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अर्को साता उनी चीन भ्रमणमा जानेछन् । भ्रमणका क्रममा चीन र नेपालबीच हुने सम्झौता कुराकानी भइरहेको र यसबारे पुनः पत्रकार सम्मेलन गरिने परराष्ट्र मन्त्रालयले बताएको छ ।
परराष्ट्रमन्त्रालयका अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा डा. खड्का मंगलबार चीन जान लागेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies