२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

Nada
२०८३ वैशाख २५ गते १३:४७
Shares
ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौंः ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका–५ लेलेस्थित ओमकार आयल ईन्डस्ट्रिज प्रालिका संचालक ललितपुर महानगरपालिका–१३ पाटन बस्ने ४३ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

ओमकार आयल ईन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी/ओमकार ब्राण्डको सूर्यमुखी तेल तोकिएको मापदण्ड भन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिजयले भण्डारण गरेको विभिन्न ठाउँहरूबाट तेलका ९ सय ५ कार्टुनहरू बरामद गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ  ।  

ताजा खबर

सम्बन्धित खबर