२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

Nada
२०८३ वैशाख २५ गते १६:५७
Shares
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

बाँकेः नेपालगंज उपमहानगरपालिका–३ एकलैनीबाट स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा नरैनपुर गाउँपालिका–५ बस्ने २९ वर्षीय विरवल कुम्हार र सोही गाउँपालिका–४ बस्ने ३८ वर्षीय मुनिफ खाँ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर