२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

नेपालबाट भारततर्फ मदिरा तस्करी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख २६ गते २१:००
Shares
नेपालबाट भारततर्फ मदिरा तस्करी

रौतहट : रौतहटको दक्षिण–पश्चिमी सीमावर्ती नाकाबाट खुलेआम तस्करी हुने गरेको आरोप लाग्ने गरेको छ । भारतीय बजार घोडासहन र चैनपुरबाट सेटिङ मिलाएर दैनिक लाखौं मूल्यका सामान अवैध रूपमा नेपाल भित्रिने गरेको आरोप लागेको हो ।

ncell

स्थानीयका अनुसार रात परेपछि बनजराहा, औरैया, मठिया, जयनगर, घिउरा, रामपुरखाप, र नरकटियाको बाँसघारी लगायतका चोरबाटोहरू प्रयोग गरी दर्जनौं मोटरसाइकलमार्फत तस्करी हुने गरेको छ । तस्करहरूले विशेषगरी लत्ताकपडा, सुर्तीजन्य पदार्थ, मेसिनरी पार्टपुर्जा, धानको बीउ र मदिराको अवैध ओसारपसार गरिरहेका छन् । 

यस्तै छिमेकी भारतीय राज्य बिहारमा मदिरा निषेध रहेका कारण नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने गिरोह यस क्षेत्रमा सबैभन्दा बढी सक्रिय देखिएका छन् । 

सीमावर्ती नेपाली बजारहरूबाट भारतीय तस्करहरूले सुरक्षाकर्मीकै अगाडिबाट निर्वाध रूपमा मदिरा लैजाने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । 

सीमानाकामा राज्यको दुईथरी चरित्र देखिएको भन्दै स्थानीय आक्रोशित छन् । एकातिर घरायसी प्रयोजनका लागि भारतीय बजारबाट एक–दुई किलो दाल वा चिनी ल्याउने सर्वसाधारणलाई सीमामा खटिएका सुरक्षाकर्मीले चेकजाँचका नाममा सास्ती दिने र सामान जफत गर्ने गरेका छन् । स्थानीय एक बासिन्दाले गुनासो गर्दै भने ‘सीमामा सरकार छैन, तस्करको राज छ । सानालाई ऐन ठुलालाई चयन भनेको यही हो ।’

सम्बन्धित खबर