२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तरलता व्यवस्थापन गर्न ४० अर्ब तान्दै राष्ट्र बैंक

ADV
मध्यान्ह
२०८१ साउन २३ गते १२:०८
तरलता व्यवस्थापन गर्न ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ४० अर्ब निक्षेप तान्ने भएको छ । केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ १२ गते रहेको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम जारी छ । साथै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise