
दोहा कतार : वैदेशिक रोजगारीका लागि करिब ८ महिनाअघि कतार पुगेका पाँचथर फिदिम नगरपालिका–१२ का मुक्तिनाथ अधिकारीको निधन भएको छ । क्यु मिलिनियम सर्भिस कम्पनीमा सरसफाइ कर्मचारीका रूपमा कार्यरत अधिकारी शुक्रबार राति सुतेकै अवस्थामा मृत फेला परेका थिए ।
कतारको हमद अस्पतालले पोस्टमार्टमपछि हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको छ । कतारस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार, पाँचथर समाज कतार र सम्बन्धित कम्पनीको समन्वयमा कानुनी प्रक्रिया पूरा गरी बुधबार राति कतार एयरवेजमार्फत शव नेपाल पठाइएको छ ।
मृतक अधिकारीका श्रीमती र दुई नाबालक छोरा रहेका छन् ।