२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

मलेसियामा कम्पनी छाडे डिपोर्टसम्मको कारबाही

Nada
२०८३ जेठ ७ गते ०६:२०
Shares
मलेसियामा कम्पनी छाडे डिपोर्टसम्मको कारबाही

क्वालालम्पुर : मलेसियाको अध्यागमन विभागले आप्रवासी कामदारलाई अनुमतिबिना कम्पनी छाडे कारबाही हुने बताएको छ ।

अस्थायी वर्क परमिट पासले विदेशी नागरिकहरूलाई स्वीकृत क्षेत्रमा निश्चित अवधिका लागि मलेसियामा काम गर्ने अनुमति दिन्छ । विभागले यो अनुमतिपत्रको नियम कडाइका साथ पालना गर्न सबै विदेशी श्रमिकलाई आग्रह गरेको छ । 

विभागले रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्ने, अर्को ठाउँमा काम गर्ने, परिवारलाई अवैध रूपमा राख्ने, मलेसियामा विवाह गर्ने वा रोजगार पासको दुरुपयोग गर्ने कार्य कानुनविपरीत मानिने बताएको छ ।

नियम उल्लंघन गर्ने विदेशी कामदारमाथि पक्राउ, हिरासत, जरिवाना, रोजगार पास रद्द तथा डिपोर्टसम्मको कारबाही हुन सक्ने विभागको चेतावनी छ ।

ताजा खबर

सम्बन्धित खबर