२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मध्य पूर्वमा बढ्दो संकटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह

Nada
२०८३ जेठ २८ गते १३:१६
Shares
मध्य पूर्वमा बढ्दो संकटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह

जेनेभा : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।

ncell

सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लखे गर्दै यसको प्रभाव उक्त क्षेत्र भन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाएका छन् । पछिल्लो समयमा बढेको आक्रमणले र अवस्था थप बिग्रन लागेको उनले बताएका छन् , जहाँ युद्धविरामको समयमा पनि गोलावारी जारी छ । उनले कुनै पनि पक्ष आक्रमक नबनी थप जोखिमलाई कम गर्नु पर्ने बताएका छन् । सबै पक्षले कूटनीतिक समाधानका लागि भुमिका खेल्नु पर्ने बताउदै उनले अब कुनै पनि बहानामा आक्रमण गर्न नहुने बताएका छन् ।

मध्यपूर्व र खाडी क्षेत्रमा द्रुत गतिमा विकसित भइरहेको द्धन्दरथ अवस्थाको बीचमा, कुवेत, जोर्डन र बहराइनका हवाई रक्षा प्रणालीले हवाई लक्ष्यहरू रोक्ने चेतावनी जारी गरेका छन् ।

अमेरिकी आक्रमणको प्रतिक्रियामा इरानी अधिकारीहरूले स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरे पछि द्धन्दका प्रमुख घटनाक्रमहरू अगाडी बढेको जनाइएको छ ।

इरानको आइआरजिसीलाई उद्धृत गर्दै अल जजिराले अमेरिकी आक्रमणको प्रतिक्रियाका लागि कुवेतको अली अल–सलेम र अहमद अल–जाबेर र बहराइनको शेख इसा एयर बेससहित १८ वटा अमेरिकी सैन्य क्षेत्रहरुलाई लक्षित गरिएको बताएको छ ।

तनाव बढ्दै जाँदा, आईआरजिसीका कमान्डर जनरल सैयद माजिद मौसवीले अमेरिकालाई चेतावनी दिदै यदि अमेरिकाले स्ट्रेट अफ होर्मुजको सुरक्षामा धम्की जारी राख्यो भने यस क्षेत्रलाई रणभुमिमा परिणत गर्ने बताएको प्रेस टिभीले रिपोर्ट गरेको छ ।

सम्बन्धित खबर