२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ

Nada
२०८३ जेठ २८ गते १९:००
Shares
३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ : ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

ncell

बाटिक एयरको उडानबाट काठमाडौँबाट मलेसिया जान लागेका बंगललादेशी नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

अवैध विदेशी मुद्रासहित प्रहरीले मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई पक्राउ गरेको हो ।उनीहरूबाट मलेसियन रिंगेट, अमेरिकन डलर, नेपाली रुपैयाँ गरी ३१ लाख ५१ हजार रुपैयाँ बराबर बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर