
साउदी अरेबिया : साउदी अरेबियाको पूर्वी क्षेत्र दम्माममा राहदानी शिविर आयोजना गरिएको छ ।
नेपाली श्रमिक तथा समुदायका सदस्यहरूलाई सहज रूपमा राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो शिविर शुक्रबारदेखि सुरु भएको हो ।
शिविर शुक्रबार र शनिबार गरेर दुई दिन सञ्चालन हुने छ । शिविरमा राहदानी नवीकरणलगायत विभिन्न कन्सुलर सेवाहरू प्रदान गरिने छ । विगतमा पनि दम्माममा यस्ता शिविरहरू सञ्चालन भई सयौं नेपालीहरूले सेवा प्राप्त गरेका थिए ।
सेवा लिन आएका नेपालीहरूको उत्साहजनक सहभागिताले यस्ता शिविरहरू वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निकै उपयोगी र प्रभावकारी रहेको पुष्टि गरेको छ ।


