२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पशुपति परिसरमा हत्या गरेर फरार भएका सुविन महोत्तरीबाट पक्राउ.

Nada
२०८३ जेठ ३० गते १५:५९
Shares
पशुपति परिसरमा हत्या गरेर फरार भएका सुविन महोत्तरीबाट पक्राउ.

काठमाडौँ : काठमाडौँ महानगरपालिका-८ पशुपतिस्थित १५ नम्बर शिवालयमा हत्या गरी फरार रहेका एक जना महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ का दर्बेनाथ भन्ने सुविन रानामगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ncell

प्रहरीका अनुसार २०८२ फागुन ६ गते पशुपतिमा सङ्खुवासभाका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न भएको आरोपमा रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका-६ बाट पक्राउ गरिएको हो। हाल पक्राउ परेका रानामगरलाई काठमाडौँ ल्याई थप अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर