२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीरेन्द्रनगरमा रास्वपा कर्णाली प्रदेशको ‘क्लोज क्याम्प’ शुरु

ADV
कुलेन्द्र शाही
२०८१ साउन २५ गते २१:२८
वीरेन्द्रनगरमा रास्वपा कर्णाली प्रदेशको ‘क्लोज क्याम्प’ शुरु

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार रास्वपाको कर्णाली प्रदेश समितिले शुक्रबार र शनिबार सुर्खेतमा ‘क्लोज क्याम्प’ राखेको छ । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवम् प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित एक सय बढी सहभागी छन् ।

‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, संगठन, अभियान, मूल्यमान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगतरुपमा छलफल भइरहेको छ । शनिवार आउने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा सुर्खेतका नेता हरिप्रसाद अधिकारीले बताए । उनले सुर्खेत लगायत कर्णाली प्रदेशमा रास्वपा पार्टीलाई एक नम्बर बनाउन आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले केन्द्र, प्रदेश र पालिकास्तरमा छाया सरकारका रूपमा क्रियाशील हुन, जनताका सवाललाई प्रमुख मानेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

साथै नेता अधिकारीले अब देशको काँचुली फेर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यक भएको दाबी गरे । उनका अनुसार संसदीय मामिलाको नेतृत्व अधिकारी, विचार समूहको डा. गोविन्द आचार्य, संगठन निर्माणको प्रेम चन्द, लिडरसिप एकेडेमीको इन्जिनियर मानबहादुर शाही, अभियानको पवनराज देवकोटा, मूल्य मान्यताको पुस्तक चन्दले नेतृत्व गर्दै समूहगत छलफल गरी शनिबार निष्कर्ष निकालिने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise