२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

खुकुरी देखाई युवती कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ

Nada
२०८३ असार ३ गते ११:५०
Shares
खुकुरी देखाई युवती कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ

काठमाडौँ : दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागु औषधसहित पक्राउ परेका छन् ।

ncell

जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार १०:४० बजे उनकै घरबाट लागुऔषध प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोहमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र निट्राजोहम ५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।

सोही क्रममा तुलसीपुर– २ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर