२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रहरीले गोली चलाएर समात्यो लागुऔषध कारोबारी 

Nada
२०८३ असार ६ गते १८:०४
Shares
प्रहरीले गोली चलाएर समात्यो लागुऔषध कारोबारी 

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले २९६ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

ncell

ब्युरोको टोलीले चेकजाँचका क्रममा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थायी घर भएका ३९ वर्षीय किशोरीप्रसाद ओझैयासहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । 

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा ओझैया लागु औषधसहित भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले दाहिने खुट्टाको पिँडौलामा गोली प्रहार गरेको थियो ।

घाइते ओझैयालाई तत्काल वीर अस्पतालमा उपचारका लागि लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर