
काठमाडौँ : जिल्ला पर्वतकी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
जलजला गाउँपालिका–६ ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर वि।क।ले १२ वर्षीया बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
घटनापछि पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा जाहेरी दिएपछि अभियुक्तलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
अभियुक्तलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, कुश्मा पठाइएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको छ ।