२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

 ‘नेपाली ब्रो’ सहित उनकी प्रेमिका थुनामा, २ जना धरौटीमा रिहा

Nada
२०८३ असार १८ गते १८:०१
Shares
 ‘नेपाली ब्रो’ सहित उनकी प्रेमिका थुनामा, २ जना धरौटीमा रिहा

काठमाडौँ : श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।

ncell

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रतिवादी विक्रम थापा मगर र सुजन थापा क्षेत्रीबाट जनही १ लाख धरौटी माग गर्ने आदेश समेत अदालतले दिएकाे छ । नेपाली ब्रोलाई श्रीमती हत्याको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को उपदफा १ विपरीतको कसुर र प्रेमिका आचार्य, विक्रम थापा मगर र पुजनलाई भने दफा १७७ को उपदफा १ विपरीतको कसुर गर्न दुरुत्साहन गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

गत जेठ २२ गते राति रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । 


 

सम्बन्धित खबर