२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

रेश्मीले ल्याइन् तिज गीत ‘घन्काइदेउ मादलु’ (भिडियोसहित)

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन २८ गते २१:१७
रेश्मीले ल्याइन् तिज गीत ‘घन्काइदेउ मादलु’ (भिडियोसहित)

दोहा, कतार : हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज पर्वलाई लक्षित गर्दै सर्जक तथा गायक गायिकाहरूले तिज विशेष गीतहरू सार्वजनिक गरिरहेका छन् । तिज गीतकै क्रममा वैदेशिक रोजगारीका सिलसिलामा कतारमा कार्यरत दाङ तुलसीपुर लोक तथा दोहोरी गायिका रेश्मी सेन्चुरीले तिज गीत ‘घन्काइदेउ मादलु’ बजारमा ल्याएकी छन् ।

गीतले आमा तिम्रो छोरी परदेशमा सम्झनाले मन भारी पारेर बसे पनि यसपटक मनको पिर भुली नाच्ने हो भन्ने सकारात्मक ऊर्जासहित आमाको हातले पकाएको दर यो साल पनि खान नपाएको कथा बोलेको छ । रामहरि चौलागाईंले लेखेका शब्दमा मंगल विकले धुन भरेका छन् । चेतन गोतामेले म्युजिक एरेन्ज गरेको गीतको गायिका रेश्मीले कतारकै स्टुडियोबाट आवाज भरेकी हुन् । कतारमा नै छायाँकन गरिएको भिडियोलाई अर्जुन कुमारले खिचेका हुन् भने अवि पुरीले क्रोरियोग्राफी गरेका हुन् ।

सृष्टि लामा र शान्ति वलीले कम्मर मर्काएको भिडियोलाई अर्जुनले नै निर्देशन गरेका हुन् । रबिन विकले सम्पादन गरेको भिडियोमा तिलमाया गुरुङ, सुधा परियार, पुनम घताने, देवी तामाङ, वर्षा तामाङ, सज्नु तामाङ, निर्मला तामाङ, मञ्जु तामाङ र बविता भण्डारी लगायतका कलाकारहरूले साथ दिएका छन् ।

विशेषतः नारीहरूको पर्व मानिने तिजमा एक विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका दुःख या सुखका अनुभूतिहरूलाई गीतको माध्यमबाट आफ्ना साथीसंगी जम्मा भएर व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise