२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

नगदसहित ७ जुवाडे पक्राउ

ADV
सन्तोष पौडेल
२०८१ जेठ २६ गते २२:५४
नगदसहित ७ जुवाडे पक्राउ

बर्दिया : बर्दियाको गुलरियाबाट एक लाख ३१ हजार बढी नगदसहित ७ जुवाडे पक्राउ परेका छन् । गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि छापा मारेर प्रहरीले ७ जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

हिना रार्यस मिल पछाडि सगुनको रुखहरुको बीचमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर ७ जना जुवाडेसहित एक लाख ३१ हजार २ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

पक्राउ पर्नेमा गलरिया १ का ३३ वर्षीय आशुतोष यादव, गुलरिया ७ का  ४६ वर्षीय श्याम शर्मा, गुलरिया ८ का ३७ वर्षीय विनोदकुमार थारु, राजापुर २ का ६० वर्षीय राजाराम थारु, राजापुर ६ का ५२ वर्षीय धु्रव देवकोटा(दाताराम), ठाकुरवावा १ का ३२ वर्षीय सन्दिप कुमार थापा र गेरुवा ६ का ३० वर्षीय मोहरमली कुरेसी रहेका छन् । जुवाडेहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise