२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

शशांक भन्छन्- कांग्रेसको वैधानिक सभापति देउवा नै हुन्

Nada
२०८३ साउन २८ गते १५:०६
Shares
शशांक भन्छन्- कांग्रेसको वैधानिक सभापति देउवा नै हुन्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।

ncell

सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने बताए ।

कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गरे । पार्टी सभापति गगनकुमार थापाप्रति (संस्थापन समूह) लक्षित गर्दै उनले पार्टीबाट छुट्टिएर गएको बताए ।  

उनले भने, ‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरुले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो । देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ कि छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’

उनले पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नभएको समेत स्पष्ट पारे ।

ताजा खबर

सम्बन्धित खबर