२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

केन्द्रीय समिति बैठकमार्फत गगन थापाले गरे देउवाको स्वागत

Nada
२०८३ साउन २८ गते १६:२०
Shares
केन्द्रीय समिति बैठकमार्फत गगन थापाले गरे देउवाको स्वागत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो उपचारपछि स्वदेश फर्किएका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको केन्द्रीय समिति बैठकमार्फत स्वागत गरेका छन् ।

ncell

बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाको स्वास्थ्य लाभको कामना गर्दै स्वदेश आगमनप्रति स्वागत व्यक्त गरेका हुन् । उनले देउवाको स्वास्थ्यमा सुधार हुँदै स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै पार्टी बैठकको सुरुआतमै उनको स्वागत गरेका थिए ।

देउवा करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन् । सिंगापुरमा उपचार गराएर काठमाडौँ आएलगत्तै उनले सार्वजनिक अपिलमार्फत नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशाको अवस्था अन्त्य गर्दै पार्टी एकतामा जोड दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

देउवाले पार्टीभित्रको विद्यमान मतभेदलाई लामो समय कायम राख्न नहुने भन्दै तत्काल समाधानको पहल गर्नुपर्ने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर