२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : नेता सिटौला

Nada
२०८३ साउन २९ गते १९:०३
Shares
निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : नेता सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत गरिने कुनै पनि कार्यले संगठनलाई हित नगर्ने बताएका छन् ।

ncell

संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन र पार्टीको आन्तरिक विवादबारे कडा टिप्पणी गरेका हुन् ।

नेता सिटौलाले सम्बोधनका क्रममा मुलुकको वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र स्वाधीनताको परिकल्पना गरेको उल्लेख गरे । लोकतान्त्रिक समाजवादको सिद्धान्तमा आधारित भएर राज्यले विपन्न वर्गको दायित्व बोक्नुपर्नेमा जोड दिँदै उनले संविधान एक गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाउँदै सिटौलाले आयोगको कार्यशैलीमाथि प्रश्न उठाए । पार्टीको आधिकारिक नेतृत्व र कार्यसमितिलाई जानकारी नै नदिई विशेष महाधिवेशनलाई मान्यता दिनु न्यायसंगत नभएको उनको तर्क छ । 

उनले सर्वोच्च अदालतको पूर्ण इजलासबाट नेपाली कांग्रेसले न्याय पाउने विश्वास समेत व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर