२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

महतको प्रस्ताव : उत्पादनको नेतृत्व निजी क्षेत्रलाई, राज्य उत्प्रेरकको भूमिकामा

Nada
२०८३ साउन ३० गते १३:०९
Shares
महतको प्रस्ताव : उत्पादनको नेतृत्व निजी क्षेत्रलाई, राज्य उत्प्रेरकको भूमिकामा

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले बदलिँदो भूराजनीतिक अवस्था, प्रविधिको विकास र बढ्दो जनआकांक्षा अनुसार कांग्रेसको आर्थिक तथा सामाजिक नीति परिमार्जन गर्नुपर्ने बताएका छन् ।

ncell

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलामा आर्थिक–सामाजिक नीतिको प्रस्ताव प्रस्तुत गर्दै महतले आर्थिक समृद्धिसँगै सामाजिक न्यायलाई अघि बढाउनुपर्ने बताए । उनले विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ चुनौतीअनुसार नीति बनाउनुपर्नेमा जोड दिए ।

महतले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने, सामाजिक सुरक्षा लक्षित वर्गमा केन्द्रित गर्ने तथा सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने प्रस्ताव गरेका छन् । उत्पादनमा निजी क्षेत्रलाई अगाडि बढाउँदै राज्यले सहयोगी र उत्प्रेरकको भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, व्यापार घाटा घटाउन निर्यातमुखी तथा आयात प्रतिस्थापन गर्ने उद्योग–व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर