२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा

Nada
२०८३ साउन ३० गते १३:१८
Shares
विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको आफू पक्षमा नरहेको बताएका छन् । पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न उपयुक्त नहुने भन्दै उनले अदालतले न्याय दिने विश्वास व्यक्त गरे ।

ncell

महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनको आवश्यकता आफूले नदेखेको बताए। उनले भने, ‘विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ । अदालतमा मुद्दा विचाराधीन भएकाले धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ ।’

देउवाले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका लागि अत्यावश्यक रहेको बताए । साथै, सुदूरपश्चिमका जनताले आफूलाई धेरै सहयोग गरेको उल्लेख गर्दै त्यहाँ अझै केही काम पूरा गर्न बाँकी रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर