२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदन पारित

Nada
२०८३ साउन ३१ गते १२:३२
Shares
इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदन पारित

काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा गत शुक्रबारदेखि जारी भेलामा शनिबार पाँचवटा प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

ncell

भेलाले पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीको साङ्गठनिक प्रस्ताव, एनपी साउदको समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र रमेश लेखकको कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित गरेको हो ।

प्रस्तावमाथि सहभागीहरूलाई विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गराइएको थियो । छलफलका क्रममा समूहका टोली नेताहरूले प्रस्तावमा आवश्यक संशोधन तथा थप गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

प्रतिनिधिहरूबाट प्राप्त सुझावमाथि सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताहरूले जवाफ दिएपछि आवश्यक परिमार्जनसहित पाँचवटै प्रतिवेदन पारित गरिएको हो ।

भेलामा प्रस्तुत प्रतिवेदनहरूमा पार्टीको राजनीतिक तथा सांगठनिक अवस्था, समसामयिक नीति, आर्थिक नीति तथा कानुन र विधानसँग सम्बन्धित विषय समेटिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर