२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

राष्ट्रिय भेलामा महत-निधि धकेलाधकेल, कारण के हो ?

Nada
२०८३ साउन ३१ गते १४:४१
Shares
राष्ट्रिय भेलामा महत-निधि धकेलाधकेल, कारण के हो ?

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीनदिने राष्ट्रिय भेला समापनतिर पुग्दा शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद देखिएको छ । आइतबार सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित समापन कार्यक्रममा निर्णय वाचन गर्ने क्रममा ‘धर्म’ सम्बन्धी प्रस्तावलाई लिएर नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच भनाभन भएको हो ।

ncell

भेलाले पारित गरेका प्रस्तावहरू प्रस्तुत गर्ने तयारी भइरहँदा मस्यौदामा समावेश गरिएको धर्मसम्बन्धी शब्दावलीमा असहमति देखिएको थियो । डा. महतले ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्रता हुने’ भन्ने वाक्य समावेश गरेका थिए । तर, उक्त शब्दावलीप्रति असन्तुष्टि जनाउँदै निधिले त्यसलाई संशोधन गरी ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान राखेका थिए ।

यही विषयमा मतभेद बढ्दै जाँदा कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै बेला दुवै नेताबीच केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो । मञ्चमै निर्णयपत्र खोसाखोससम्मको अवस्था देखिएपछि उपस्थित कार्यकर्ताहरूबीच समेत हलचल मच्चिएको थियो ।

विवाद चर्किएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए । उनको निर्देशनपछि अन्ततः महतले तयार पारेकै प्रस्तावको बुँदा जस्ताको त्यस्तै वाचन गरिएको थियो । देउवाले आफ्नो सम्बोधनका क्रममा आफू व्यक्तिगत रूपमा हिन्दु धर्मावलम्बी भए पनि सबै धर्मप्रति सम्मानको भाव राख्ने धारणा व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर