पर्सा : जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपञ्चायत–१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमद रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पोखरीया र बिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मत्रपत्र भेटिएको थियो ।
मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला परेपछि मोटरसाइकल चालक अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies