२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

उम्मेदवार छनोट गर्न रास्वपाको ‘क्यान्डिडेट क्लब’

Nada
२०८३ भदौ १ गते १९:२०
Shares
उम्मेदवार छनोट गर्न रास्वपाको ‘क्यान्डिडेट क्लब’

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ । 
सोमबार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गरेका हुन् ।

ncell

उनले उम्मेदवार छनोटअघि आकांक्षीको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरी योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पुर्‍याउने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको बताए ।

उनले स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड क्यान्डिडेट क्लबमा जाँच गरिने बताए । उनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारले आजैदेखि आवेदन दिनसक्ने समेत बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप्स ‘आरएसपी’मा गएर आवेदन दिन सकिने समेत बताए । उनले पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा ‘मेरिटोक्रेसी’ कायम गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको समेत बताए । 

सभापति लामिछानेले ‘क्यान्डिडेट क्लब’लाई रास्वपाभित्रको उम्मेदवार छनोटको प्रक्रियामा मात्र सीमित नराखी समग्र नेपाली राजनीतिमा योगदान पुर्‍याउने उद्देश्यले ल्याइएको समेत बताए ।

सम्बन्धित खबर