२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कांग्रेस सांसद देउवा पदमुक्त

Nada
२०८३ भदौ २ गते १८:५८
Shares
कांग्रेस सांसद देउवा पदमुक्त

काठमाडौँ : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको छ ।

ncell

प्रदेशसभा सचिवालयका अनुसार सभामुख भीमबहादुर भण्डारीले संविधानमा रहेको व्यवस्थाबमोजिम देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

सचिवालयका अनुसार देउवा पूर्वजानकारी नदिई लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित हुँदै आएका थिए । उनी लगातार २७ वटा बैठकमा सहभागी नभएको सचिवालयले जनाएको छ ।

देउवा पछिल्लो ११ महिनादेखि अमेरिकामा रहेको बताइएको छ। लामो समयसम्म प्रदेशसभा बैठकमा अनुपस्थित रहे पनि उनले आफ्नो अनुपस्थितिबारे आवश्यक जानकारी नदिएको जनाइएको छ । यही आधारमा सभामुख भण्डारीले संवैधानिक व्यवस्थाअनुसार उनको प्रदेशसभा सदस्य पद रिक्त हुने निर्णय गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर