२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति

Nada
२०८३ भदौ ३ गते १४:४१
Shares
कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति

काठमाडौँ : कर्णाली प्रदेशमा सत्ता साझेदारी गरिरहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले सरकार सञ्चालन तथा मन्त्रालय बाँडफाँटको विषयमा सहमति गरेका छन् ।

ncell

दुवै दलका प्रदेश संसदीय दलबीच बुधबार भएको छलफलपछि सत्ता सहकार्यलाई व्यवस्थित गर्ने गरी ६ बुँदे समझदारी भएको हो । समझदारीअनुसार सरकारमा दुवै दलले तीन-तीन मन्त्रालयको जिम्मेवारी लिनेछन् ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछ ।

त्यसैगरी एमालेको भागमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास तथा जलस्रोत र ऊर्जा विकास मन्त्रालय परेको छ ।

प्रदेश सरकारका आगामी नीति, कार्यक्रम, मनोनयन तथा नियुक्तिसम्बन्धी निर्णय दुवै दलको आपसी समझदारीपछि मात्र अघि बढाउने सहमति भएको छ । सरकार सञ्चालनमा सुशासन, पारदर्शिता र खर्चमा मितव्ययिता कायम गर्ने विषयलाई पनि समझदारीमा प्राथमिकता दिइएको छ ।

प्रशासनिक संरचनामा सुधारका लागि यसअघि भएका निर्णयलाई कार्यान्वयनमा लैजाँदै बाँकी कामलाई निरन्तरता दिने विषयमा समेत दुवै दल सहमत भएका छन् ।

मन्त्रालयको जिम्मेवारी बाँडफाँटसँगै सत्ता सहकार्यका अन्य विषयमा समेत साझा समझदारी बनेपछि कर्णाली प्रदेश सरकार सञ्चालनका लागि दुवै दलबीचको समन्वयलाई संस्थागत गर्ने आधार तयार भएको छ ।

ताजा खबर

सम्बन्धित खबर