२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

पूर्वाधार मन्त्री लम्सालको जिल्ला भ्रमणलाई लिएर पूर्वाग्रही टिप्पणी नगर्न सांसद भुसालको आग्रह

Nada
२०८३ भदौ ३ गते १६:२२
Shares
पूर्वाधार मन्त्री लम्सालको जिल्ला भ्रमणलाई लिएर पूर्वाग्रही टिप्पणी नगर्न सांसद भुसालको आग्रह

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले पूर्वाधार मन्त्री सुनील लम्सालको जिल्ला भ्रमणलाई राजनीतिक पूर्वाग्रहका आधारमा टिप्पणी नगर्न आग्रह गरेका छन् ।

ncell

साढे चार महिनाको अवधिमा मन्त्री लम्साल ५५ जिल्ला पुगेको उल्लेख गर्दै भुसालले जनताका समस्या र स्थानीय अवस्थाबारे प्रत्यक्ष जानकारी लिन जिल्ला पुग्नुको विषयलाई नकारात्मक दृष्टिले हेर्न नहुने बताएका छन् । राजनीतिक असहमति भए पनि मानवीय संवेदना, कर्तव्यप्रति जिम्मेवारी र निष्ठालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षणका क्रममा रहेका मन्त्री लम्साल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किनुपरेको भुसालले जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएको अवस्थालाई लिएर अनावश्यक टिप्पणी नगर्न उनले आग्रह गरेका छन् ।

लम्साल शनिबार राति दार्चुलाबाट आफैँ सवारी चलाएर बैतडी सदरमुकाम पुगेका थिए। शुक्रबारदेखि उनको टोली सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको निरीक्षणमा खटिएको थियो । दार्चुलापछि बैतडीका विभिन्न क्षेत्र हुँदै बझाङ जाने कार्यतालिका रहेको थियो ।

बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । त्यसपछि नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढीबाट काठमाडौं ल्याइएको थियो। उपचारपछि उनी हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर