२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

Nada
२०८३ भदौ ४ गते १६:५४
Shares
बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

काठमाडौँ : बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया टुंगिँदै नेकपा एमालेका नेता किरण थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

ncell

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार थापालाई मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले प्रदेशसभामा बहुमत जुटाउन नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताको समर्थन प्रस्तुत गरेका थिए ।

तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थनसहित थापाले बुधबार मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

यसअघि प्रदेश प्रमुख देवकोटाले संविधानको उक्त व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत कायम गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसका लागि ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो ।

बहुमत समर्थनसहित दाबी पेस भएपछि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन दलबीचको सहकार्यबाट बागमती प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ ।

ताजा खबर

सम्बन्धित खबर