२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

तटस्थ नेताहरूलाई आफ्नो धारणा स्पष्ट पार्न सिटौलाको आग्रह

Nada
२०८३ मंसिर १ गते १६:५१
Shares
तटस्थ नेताहरूलाई आफ्नो धारणा स्पष्ट पार्न सिटौलाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विवादमा तटस्थ बसेका नेताहरूलाई आफ्नो धारणा स्पष्ट पार्दै सक्रिय हुन आग्रह गरेका छन् ।

मंगलबार पूर्वसभापति शेरबहादुर देउवा पक्षधरको मोरङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सिटौलाले पार्टीभित्रको विवादमा तटस्थताले समाधान नदिने बताए। उनले तटस्थ नेताहरूको साथ र सक्रियता आवश्यक रहेको उल्लेख गरे ।

उनको संकेत पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालातर्फ रहेको बुझिएको छ । दुवै नेता पार्टीका समानान्तर महाधिवेशन प्रक्रियाबाट अलग छन् ।

सिटौलाले विशेष महाधिवेशनबाट पार्टी कब्जा गर्न खोजिएको आरोप लगाउँदै त्यसलाई राजनीतिक, वैधानिक र कानुनी दृष्टिले गलत भएको दाबी गरे । साथै, विशेष महाधिवेशनलाई गलत भन्दै हस्ताक्षर गरेका केही नेताहरू पछि त्यतैतिर लागेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर