रौतहट : रौतहटको गौरमा चक्कु प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । बुधबार रौतहटको गौर-५ कोइरी टोलका ७७ वर्षीय अनिरुद्र महतो कोइरीको चक्कु प्रहार गरी हत्या गरिको अवस्थामा धान खेतमा शव फेला परेकाे हो ।
प्रहरी उपरीक्षक दिलिप घिमिरे, प्रहरी नायव उपरीक्षक एलिजा गिरी, प्रहरी निरीक्षक उमाशंकर गुप्तासहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनास्थल पुगेका गौर नगरपालिकाका मेयर शम्भु साह र वडा अध्यक्ष शिवशंकर यादवले घटनामा संलग्नलाई याथाशीघ्र पक्राउ गरेर कानून अनुसार कारबाही गर्ने आश्वासन दिएका छन् ।