२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

अज्ञात रोगले २३ भेडा मरेपछि हिमाका किसान चिन्तामा

ADV
दिलमाया शाही
२०८१ जेठ २७ गते १४:०३
अज्ञात रोगले २३ भेडा मरेपछि हिमाका किसान चिन्तामा

जुम्ला : जुम्लामा अज्ञात रोगले भेडा धमाधम मर्न थालेका छन् । जुम्लाको हिमा गाउँपालिका-१ का किसान विरबहादुर शाहीका १० वटा, कर्णबहादुर शाहीका ६ वटा, अकल शाहीका ४ वटा र जिर शाहीका ३ वटा गरी २३ वटा भेडा अज्ञात रोगले मरेका छन् ।

किसान विरबहादुर शाहीका अनुसार हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा भेडाहरु मरेका हुन् । उनका अनुसार भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने झोक्राउने समस्या देखिएको छ । एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेको किसान शाहीले बताए ।

यता भेडालाई लागेको रोगका बारेमा भने केही जानकारी छैन । हिमा गाउँपालिका पशु शाखा प्रमुख नरसिङ थापाले रोगको पहिचानका लागि त्यस क्षेत्रम प्राविधिक पठाउने तयारी भएको बताए । उनले औषधि पनि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको जानकारी दिए ।

भेडा मर्न थालेपछि अहिले भेडाहरुलाई कालाकाटीयातिर सारिएको किसानले जनाएका छन् । यता पशु अस्पताल तथा पशुसेवा कार्यालयले भेडाको रोग पत्ता लागे आवश्यक औषधि पठाउने बताएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा शाखाको समन्वयमा रोगको पहिचान गरी उपचार गरिने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise