२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

आधा जितिसक्यौं, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौं : देउवा

Nada
२०८३ भदौ २४ गते १८:५२
Shares
आधा जितिसक्यौं, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौं : देउवा

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन् ।

ncell

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गरेका हुन् । पार्टी सभापतिलाई जानकारी नै नदिइ विशेष महाधिवेशन बोलाउन नसकिने उनको भनाइ छ ।

देउवाले पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गरे । त्यतिबेला पार्टी एकताबद्ध रहेको र खुला रूपमा सदस्यता तथा प्रतिनिधिको पहिचान गरी विशेष महाधिवेशन गरिएको उनको भनाइ छ ।

गगन थापाले विशेष महाधिवेशन बोलाउने कुरा गरेपछि आफूले विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीलाई रहेको तर त्यसअघि को–को सदस्य हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको स्मरण गराए । देउवाले आफू पार्टी सभापति रहेको अवस्थामा विशेष महाधिवेशन बोलाउने विधि आफूलाई थाहा नभएको र गगन थापालाई मात्रै थाहा भएजस्तो गरी अघि बढेर महाधिवेशन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

देउवाले नेपाली कांग्रेससँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उनले त्यसपछि कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दाबी गरे ।

पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा पनि आफूहरूले मुद्दा जितेको र राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गरे ।

अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्चले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको देउवाको भनाइ छ । उनले आफूहरूले रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर