२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

दशैं–तिहारको योजना त्यागेर शान्तिको सहयोग

Nada
२०८३ भदौ २५ गते ०६:२०
Shares
दशैं–तिहारको योजना त्यागेर शान्तिको सहयोग

काठमाडौं : नेपालको रसुवास्थित भोटेकोशीमा दुई हप्ताअघि आएको अकल्पनीय र विनाशकारी बाढीपीडितलाई सहयोग पु¥याउन दुबईमा बस चलाउने एक नेपाली महिलाले गरेको योगदान चर्चाको विषय बनेको छ ।

ncell

दुबईमा बस चालकको काम गर्दै आएकी ४३ वर्षीया शान्ति कुमारी भण्डारीले लामो समयदेखि प्रतीक्षा गरेको दशैं र तिहारमा स्वदेश फर्किने योजना त्यागेर त्यसबाट बचत भएको हवाई भाडाको रकम नेपालका बाढीपीडितलाई दिने निर्णय गरेकी हुन् । उनको यो निर्णय अहिले चर्चाको विषय बनेको हो ।

उनले मात्रै नभई उनका १४ वर्षीय छोराले पनि आफ्नो खाजाको पैसाबाट १ हजार २ सय रुपैयाँ बचाएर बाढीपीडितलाई सहयोग गरेका छन् ।

दशैं र तिहार विदेशमा बस्ने नेपालीहरूका लागि घर फर्किने, आफन्त तथा मान्यजनसँग भेटघाट गर्ने अत्यन्तै महत्वपूर्ण पर्व मानिन्छन् ।

भण्डारीले सन् २०२१ देखि युएईमा डबल डेकर पर्यटक बस चालकका रूपमा काम गरिरहेकी छन् । उनले बाढीबाट भएको विनाशबारे भिडियो र अपडेटहरू हेरेपछि आफ्नो यात्राका लागि बचत गरेको पैसा बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको गल्फ न्युजलाई बताएकी छन् । नेपाल–दुबई रिटर्न टिकटको हवाई भाडा ७५ हजार रुपैयाँ हाराहारीमा छ ।

‘म दिनभर रोएँ’

भण्डारीले बाढीमा कयौं परिवारले आफ्ना प्रियजन, घर, जग्गा र जीविकोपार्जन गुमाएको समाचार देखेपछि आफू गहिरो रूपमा प्रभावित भएको उल्लेख गरेकी छन् ।

यद्यपि उनको घर त्रिशूली वा नुवाकोटमा छैन, तर उनले अन्य नेपालीले जस्तै पीडितहरूसँग बलियो व्यक्तिगत सम्बन्ध महसुस गरेको बताइन् ।

भण्डारीलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ, ‘मैले जे देखें, त्यो हृदयविदारक थियो । परिवारहरूले आफ्ना प्रियजन गुमाए । मानिसहरूले आफ्नो घर, जग्गा र आफूले काम गरेका सबै कुरा गुमाए । केही घण्टामै सम्पूर्ण जीवन परिवर्तन भयो । म दिनभरि रोएँ । मेरा आँखाहरू सुकेनन् । विश्वभर जहाँसुकै नेपाली बसोबास गरौं, हामी एउटै परिवार हौं । यस्तो समयमा हामी प्रत्येकले आफ्नो क्षमताअनुसार जे जति गर्न सक्छौं, योगदान गर्नुपर्छ ।’

ताजा खबर

सम्बन्धित खबर