२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

अञ्जु श्रेष्ठले ल्याइन् तिज गीत 'एक वर्षमा एक चोटी' (भिडियोसहित)

Nada
२०८३ भदौ २६ गते १९:१३
Shares
अञ्जु श्रेष्ठले ल्याइन् तिज गीत 'एक वर्षमा एक चोटी' (भिडियोसहित)

काठमाडौं : नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै नयाँ तीज गीत 'एक वर्षमा एक चोटी' सार्वजनिक भएको छ । गायिका अञ्जु श्रेष्ठको स्वरमा सजिएको उक्त गीतले तिज पर्वको भावनात्मक पक्ष, नारी संवेदना र सांस्कृतिक महत्वलाई उजागर गरेको छ ।

गीतमा दीपक शर्मा र निसान साउदको शब्द रहेको छ भने संगीत संयोजन पनि दीपक शर्माले नै गरेका हुन् । संगीतलाई थप आकर्षक बनाउन सबिन सुवेदीले एरेञ्ज गरेका छन् । रेकर्डिङ वेभ स्टुडियोमा गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोगीले गरेका छन् ।

यस गीतको भिडियो पनि दर्शकमाझ आकर्षणको केन्द्र बनेको छ । भिडियोमा निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने निर्माण गंगा माया श्रेष्ठले गरेकी हुन् । छायांकन दिनेश पराजुलीको रहेको भिडियोमा अञ्जु श्रेष्ठ र डिम्पल नगरकोटीको अभिनय देख्न सकिन्छ । मेकअप संगीता मिजारले गरेकी हुन् भने सम्पादन तथा कलरिङ मनोज कार्कीले गरेका छन् ।

तिज पर्व नजिकिँदै गर्दा सार्वजनिक भएको यस गीतले दर्शक–स्रोताको राम्रो साथ पाएको छ । हालसम्म यस गीतले युट्युबमा २ लाख ५७ हजार बढी भ्युज पाइसकेको छ भने कमेन्ट गर्ने अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् । सांस्कृतिक मौलिकता र आधुनिक प्रस्तुतिको संयोजनले गीतलाई अझ आकर्षक बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर