२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा बाढीपीडितका लागि १० लाख १४ हजार सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ ३१ गते २२:०४
Shares
गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा बाढीपीडितका लागि १० लाख १४ हजार सहयोग

दोहा, कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले भोटेकोसी बाढी पहिरोबाट प्रभावित परिवारका लागि १० लाख १४ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम २४ हजार २०० कतारी रियाल बराबरको हो ।

ncell

एनआरएनए एनसिसी कतारले सञ्चालन गरेको राहत सहयोग संकलन अभियानअन्तर्गत गण्डकी प्रदेश मातहत रहेका जिल्ला संस्था तथा प्रदेशभित्रै सक्रिय विभिन्न सामाजिक संस्था र सहयोगी व्यक्तिहरूबाट उक्त रकम संकलन गरिएको परिषद् कतारले जनाएको छ । संकलित रकम एक कार्यक्रमका बीच परिषद् कतारका पदाधिकारीहरूले एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकममध्ये बागलुङ सेवा समाज दोहा कतार र बागलुङ सेवा समाज दोहा कतार अक्षयकोषबाट मात्रै १३ हजार २१७ कतारी रियाल सहयोग भएको छ । यो गण्डकी प्रदेशअन्तर्गतका संस्थाहरूबाट प्राप्त सहयोगमध्ये सबैभन्दा ठुलो योगदान रहेको परिषद्ले जनाएको छ ।

त्यसैगरी गोरखा सेवा समाज कतारले पनि गण्डकी प्रदेशमार्फत उल्लेख्य सहयोग गरेको छ । परिषद्का अध्यक्ष नन्दलाल विक (अजय)ले सबैभन्दा ठुलो सहयोग गर्ने बागलुङ समाज तथा त्यसपछि सहयोग गर्ने गोरखा  समाज कतारप्रति विशेष आभार व्यक्त गर्दै अभियानमा सहयोग गर्ने सम्पूर्ण संस्था, सहयोगी व्यक्ति तथा समन्वयकर्तालाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले संकलित रकम एनआरएनए आइसिसी हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी यसअघि नै दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर