
मलेसिया : नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले आफ्नो पाँचौं अधिवेशन तथा २१औं वार्षिकोत्सव आयोजना गर्ने भएको छ । संस्थाले सार्वजनिक गरेको पोस्टरअनुसार कार्यक्रम सन् २०२६ अक्टोबर ४ तारिख आइतबारका दिन क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना हुनेछ ।
कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुने जनाइएको छ । अधिवेशन तथा वार्षिकोत्सवका अवसरमा तामाङ समुदायको सांस्कृतिक तथा सामाजिक गतिविधिसहित विविध कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा अतिथि कलाकारका रूपमा गायक तथा संगीतकार प्रकाश तितुङ तामाङको विशेष प्रस्तुति रहनेछ ।
नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले अधिवेशनमार्फत संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै मलेसियामा रहेका तामाङ समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रममा मलेसियामा रहेका तामाङ समुदायका साथै विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।