२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउन सहजीकरणबारे छलफल

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज १ गते २१:३४
Shares
नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउन सहजीकरणबारे छलफल

दोहा, कतार : कतारका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राईले कतारको परोपकारी गतिविधि नियमनसम्बन्धी प्राधिकरणका कार्यवाहक महानिर्देशक तथा कानुनी विभागका निर्देशक साउद अल अथ्बासँग भेटवार्ता गरेका छन् ।

ncell

बिहीबार भएको भेटवार्तामा नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिपछि राहत तथा उद्धारका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताबाट रकम हस्तान्तरण गर्न सहजीकरण गर्ने विषयमा छलफल भएको हो ।

भेटमा नेपालमा विपत्तिबाट प्रभावित नागरिकका लागि राहत तथा पुनः स्थापनाका उद्देश्यले कतारमा रहेका इच्छुक व्यक्ति, संस्था तथा अन्तर्राष्ट्रिय दाताले नेपाल सरकारको सम्बन्धित राहत कोषमा आर्थिक सहयोग पठाउन सक्ने प्रक्रियालाई सहज बनाउने विषयमा छलफल गरिएको जनाइएको छ ।

कतारमा कार्यरत नेपाली समुदाय तथा विभिन्न सामाजिक सङ्घसंस्थाले नेपालमा आएको विपत्तिपछि राहतका लागि आर्थिक सहयोग संकलन गरिरहेका बेला दूतावास र कतारको सम्बन्धित नियामक निकायबिच भएको यो छलफललाई सहयोग हस्तान्तरण प्रक्रियालाई व्यवस्थित र सहज बनाउने प्रयासका रूपमा लिइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर