२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिम प्रदेश : सत्तारुढ दलहरुबीच मिल्यो भागबण्डा

ADV
सुनिल आउजी
२०८१ जेठ २७ गते २१:१५
सुदूरपश्चिम प्रदेश : सत्तारुढ दलहरुबीच मिल्यो भागबण्डा

धनगढी : सुदूरपश्चिम सरकार विस्तार हुने भएको छ । शीर्षस्थ नेतृत्व तहमा कुरा मिलेपछि सोमबार मन्त्रीमण्डल विस्तार हुने भएको हो । 

नवगठित मन्त्रीमा नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट सरल र अक्कल रावल मन्त्री बन्ने भएका छन् भने एमालेका प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल र प्रदेश सभा सदस्य बीरबहादुर थापा (पातल) मन्त्री बन्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएको झण्डै दुई महिनापछि सुदूरपश्चिममा सरकार विस्तार हुने संकेत देखिएको हो ।

सुदूरपश्चिम सरकार विस्तारबारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि सरकार विस्तार हुन लागेको हो ।

नवगठित मन्त्रीमण्डलमा एमालेलाई आर्थिक मामिला र आन्तरिम मामिला मन्त्रालय दिने र माओवादीलाई सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयल दिने सहमतिको खाका बनेको छ । हाल मुख्यमन्त्री सोडारी नेतृत्वको मन्त्रीमण्डलमा नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री रहेक छन् । सोडारी नेकपा एकीकृत समाजवादी तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise