२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

सप्तरीमा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा दुई जना पक्राउ

Nada
पिन्टु यादव
२०८३ कार्तिक १९ गते १९:१२
Shares
सप्तरीमा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा दुई जना पक्राउ

राजविराज : जिल्ला प्रहरी कार्यालय, सप्तरीले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामाका ५२ वर्षीय हनुमानी भन्ने रामबहादुर रजक र ३४ वर्षीय गुन्जेश सिंह रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले उदयपुरका एक व्यक्तिलाई लगानी गरेको रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर ५ लाख रुपैयाँ ठगी गरेका थिए। त्यसपछि थप १ लाख रुपैयाँ माग्दै रामबहादुरले पीडितलाई आफ्नो घरमा बोलाएर मोबाइल खोसी सम्पर्कविहीन बनाएको आरोप छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले उनीहरूको घरबाट नगद १ लाख रुपैयाँसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

रजकमाथि ठगी तथा आपराधिक कसुरसम्बन्धी दर्जनौं जाहेरी परेको बताइएको छ । यसअघि उनी धरौटीमा रिहा भएका थिए । उनी पुनः पक्राउ परेपछि धरौटीमा रिहा भएलगत्तै फेरि ठगीमा सक्रिय भएको खुलेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध बुधबार सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर