
काठमाडौँ : निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ। यसबारे छलफल गर्न आयोगले मंसिर ४ गते बिहान ११:३० बजे राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दललाई बोलाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा निर्वाचनको समग्र तयारी र स्थानीय तहको निर्वाचनबारे छलफल हुनेछ ।
आयोगले सरकारसँग निर्वाचनको मिति तय गर्ने विषयमा पनि परामर्श गरिरहेको छ । स्थानीय तहलाई रिक्त हुन नदिई निर्धारित समयमै निर्वाचन गराउन आयोग तयार रहेको प्रवक्ता भट्टराईले बताएका छन् । निर्वाचनको मिति भने सरकारले तोक्नेछ ।