
धनगढी : बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
बुंगल नगरपालिका–१० स्थित टुमेडामा बिहान करिब १०ः३० बजे नम्बर नखुलेको अटो दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी टेकबहादुर जोराका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन् ।
दुर्घटनामा परेका एक बालक भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।