२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

भारत, चीन र इजरायलका लागि नेपाली राजदूत नियुक्त, राष्ट्रपतिले खुवाए सपथ

Nada
२०८३ कार्तिक ३० गते १२:३८
Shares
भारत, चीन र इजरायलका लागि नेपाली राजदूत नियुक्त, राष्ट्रपतिले खुवाए सपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार डा. निश्चलनाथ पाण्डेलाई भारतका लागि, डा. कल्याणराज शर्मालाई चीनका लागि र सुरेशकुमार कर्णलाई इजरायलका लागि आवासीय राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको हो । नियुक्त भएका तीनै जना राजदूतलाई राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । तीमध्ये संसदीय सुनुवाइ समितिले १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको थियो ।

अनुमोदित १० जनामध्ये भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको अग्रिमो (सम्बन्धित देशको सहमति) प्राप्त भएपछि उनीहरूलाई नियुक्त गरिएको हो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर